काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खोली सूचना वितरण गर्ने भएको छ।
त्यसका लागि समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो।
निर्धारित समयभित्र ९ वटा उजुरी परेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। प्राप्त उजुरी खोलिएसँगै प्रकृति हेरेर उजुरीकर्तालाई कारण र आधार प्रस्तुत गर्न बैठकमा बोलाउने तयारी गरेको छ।
त्यसपछि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ अगाडि बढाउने संसद् सचिवालयले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया