Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल निष्कासन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ। केन्द्रीय समिति बैठकबाट उनलाई कारबाही गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए।

तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोप तहमा देखा परेको छ। जसका कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट सुरुमा निलम्बन र पछि बर्खास्त गरेको हो।

महामन्त्री र प्रवक्ताबाट हटाएपछि साधारण सदस्यबाट पनि किन नहटाउने भनेर रास्वपाले दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो। तर ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न मात्र उठाएका थिएनन्, लामिछाने ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई पठाएका थिए।

उक्त जवाफ स्पष्टीकरण नभई कुण्ठा ठहर गर्दैै रास्वपाले ढकाललाई साधारण सदस्यबाट पनि हटाएको हो। यसअघि २५ असारमा बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो।

ढकालले भने आफूलाई रास्वपाकै महामन्त्री दाबी गर्दै आएका छन्। उनले आफूमाथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। तर ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन।

महामन्त्री पद खोस्दा पनि ढकालले सामाजिक सञ्जालमार्फत् सभापति लामिछानेको आलोचना गर्न छोडेका छैनन्। यस्तै आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP