काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताएका छन्।
मंगलवार काठमाडौंमा ‘नेपाली चियाका चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले चियाको पहिलो निर्यात बजार भारत भएको तर भारत आफैँ चियाको ठूलो उत्पादक भएकाले नेपाली चियालाई उचित मूल्य नदिने गरेको बताए। उनले उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया विक्री गर्न चिया उद्योगी बाध्य हुने गुनासो आएको बताए।
नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक रहेको बताए। नेपालमा चिया अक्शन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्ने पनि प्रतिबद्धता जनाए। स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए।
उनले निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको बताए। मन्त्री अधिकारीले नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै नभई सम्पदा भएकाले सबैले माया र प्रवर्धन गर्न सक्नुपर्ने बताए।
मन्त्री अधिकारीले भने‚ ‘अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ। यसका लागि चियाको अक्शन विकल्प हुनसक्ने महसुस मैले गरेको छु। नेपालमा चिया अक्शन केन्द्रलाई सञ्चालनमा ल्याउनका लागि पहल गर्ने कुरा म सार्वजनिक गर्न चाहन्छु। नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै होइन, यो हाम्रो सम्पदा हो। जसलाई हामीले माया र प्रवर्धन गर्नुपर्छ। नेपालको अर्थोडक्स चियालाई विश्वभर परिचित बनाउन सबै मिलेर अघि बढौँ।’
चिया नीति २०५७ को समय सापेक्ष संशोधन गर्दै चियाको ब्राण्डिङ र प्रमोशनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया