Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कांग्रेस-एमाले गठबन्धनले राज्यको दोहन गरिरहेको छ : माधव सापकोटा

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेको सत्तारुढ गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको आरोप लगाएका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सो आरोप लगाएका हुन्। प्रदेशमा मन्त्री र राज्यमन्त्रीहरु बढाउने दुई ठूला दलको गठबन्धनले राज्य शक्तिको दोहन गरिरहेको स्पष्ट भएको सांसद सापकोटाको भनाई थियो।

‘कर्णाली प्रदेशमा गरिएको एक सर्भेक्षणले के देखाउँछ भने एउटा मन्त्रालय बढाउँदा वार्षिक १० करोड बराबरको लागत बढन जान्छ‚’ सांसद सापकोटाले भने, ‘यसरी हेर्दा आन्तरिक आम्दानीले साधारण खर्च धान्न नसकेको देखिएको छ। समग्रमा हेर्दा दुई ठूला पार्टीको गठबन्धन राज्यशक्तिको दोहनका लागि भएको भन्ने स्पष्ट छ।’

उनले दुई ठूला दलको सत्ता गठबन्धनको धरातल कमजोर रहेको जिकिरसमेत गरे।

‘संघमा दुई ठूला दल मिलेर सरकार बनेको झन्डै २ महिना पुग्न लाग्यो तर प्रदेश सरकारहरुको अवस्था हेर्दा यो समीकरणको धरातल उदांगो भएको छ‚’ सांसद सापकोटाले भने, ‘कोशीमा सरकारले अझै पूर्णता पाउन सकेको छैन‚ गण्डकीमा ७ वटा मन्त्रालय छन्‚ १० वटाको छलफल चलिराखेको छ। कर्णालीमा एक मन्त्री थपियो। बागमतीमा मन्त्रालयको टुंगो नलागीकन विना विभागीय मन्त्रीहरुको शपथ छ।’

सांसद सापकोटाले ठूला दलले प्रदेश सरकार बनाउने कामलाई अझै पूर्ण दिन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे।

‘लुम्बिनी र सुदूरपश्चिममा मन्त्रीहरु बढाउने र मन्त्रीहरु थप्ने तयारी भईराखेको छ। मधेशमा राज्यमन्त्री र मन्त्रीहरुको लर्को र सम्बन्धित मुख्यमन्त्रीको दलको स्पष्टीकरण‚’ उनले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP