Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

विद्युत् खपत पहिलो प्राथमिकता‚ त्यसपछि व्यापार : उपमहासचिव शर्मा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विद्युत् खपतको विषयलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।

आइतवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले प्राथमिक योजना खपत भएपछि देशको आर्थिक विकाससँग जोड्न सकिने बताए।

उनले ऊर्जा मन्त्रालयले दोस्रो प्राथमिकतामा व्यापारलाई राख्नुपर्ने स्पष्ट पारे। उनले बूढीगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु भनेको जानीबुझी घाटामा पार्नु सरह रहेको बताए।​

शर्माले भने, ‘जलाशययुक्त आयोजनाका बारेमा पुनरवलोकन गर्नुपर्छ। समयको र रेटको हिसाबले पनि सोच्नुपर्छ। पहिलो प्राथमिकता विद्युत् खपतको राख्नुपर्छ र दोस्रो प्राथमिकता व्यापार हुनुपर्छ। बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने हो, लगानी कहाँबाट जुट्छ, त्यहीँबाट जुटाउने हो।’

उपमहासचिव शर्माले नेपालबाट निर्यात गर्ने बिजुली नेपाली भएर जान पाउने व्यवस्था गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP