Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

‘प्रचण्ड सत्ताको खेलमा छैन अब फकाउन नआउनु’

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताको खेलमा नलाग्ने घोषणा गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी नमाग्ने बताए।

‘म कांग्रेस-एमालेका साथीहरूलाई रोष्ट्रमबाटै सम्बोधन गर्न चाहन्छु। प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन।’ उनले भने, ‘सरकार छाड्न पर्दा माओवादी घाइते छैन झन् उन्मुक्ति महसुस भएको छ। अब हाम्रो प्राथमिकता सरकार होइन आन्दोलन र खबरदारी हो।’

उनले कांग्रेस-एमालेलाई झगडा गरेर आफूलाई बीचमै फकाउन र फुर्क्याउन नआउन पनि आग्रह गरे।

उनले आफूमाथि अस्थिरताको आरोप लगाइएको भन्दै त्यसको खण्डन गरे।

‘प्रचण्ड अस्थिरताको कारक हो भन्ने भाष्य बनाउन निकै मिहिनेत गरियो। मैले एक्लैले ल्याएर ल्याइन्छ अस्थिरता? ३२ सिटको पार्टीले एक्लै फेरेर सरकार फेरिन्छ? ठूला दलको भूमिका के हो ?’ उनले थपे, ‘यहाँ साथीहरूले कांग्रेस एमालेले पटक-पटक माओवादीले धोका दिएको भन्नुभयो। कांग्रेस र एमालेले माओवादीलाई पटक पटक धोका दिएको हिसाब गर्नुभएको छ? माओवादीले तपाईँहरूलाई प्रधानमन्त्री बनाएको हिसाबकिताब गर्नुभएको छ? अनि माओवादीकै सहयोगले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख बनेको हिसाब खै?

उनले हनिमुन पिरियड नसकिँदै सरकार गलत ट्र्याकमा हिँडेको भन्दै आफू खबरदारी गर्न संसदमा बोल्नुपरेको प्रष्टीकरण दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP