काठमाडाैँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार सुशासनको वेगलाई रोक्न बनेको प्रमाणित भएको बताएका छन्। मंगलबार संसद्मा सम्बोधन गर्दै उनले आफू र आफ्नालाई जोगाउन सरकार बनेको हो भन्ने आफ्नो दाबी अहिले प्रमाणित भएको बताएका हुन्।
‘मैले पहिला नै चुनौतीका साथ भनेको थिएँ- सरकारको पछाडि माफिया र बिचौलिया छ। त्यही माफियाको सेवामा सरकारको प्रतिष्ठा समाप्त हुनेछ। तैपनि सरकारले केही दिन त लाज लाग्ला भनेका थिएँ’, उनले भने, ‘तर आज सरकार यति हतारमा देखियो कि बिरालो म्याउँ भन्न एक हप्ता पनि लागेन, लोडसेडिङका वेला डेडिकेटेड र ट्रंकलाइन विद्युत्को शुल्क विवादमा प्रधानमन्त्री रोष्ट्रममा जसरी जसको पक्षमा कडा रूपमा उभिनुभयो त्यसले सिंगो देश स्तब्ध भयो।’
प्रचण्डले थपे, ‘मैले पहिल्यै भनेको थिएँ । यो सरकार सुशासनको वेगलाई रोक्न, आफू र आफ्नालाई जोगिन र जोगाउन बनेको हो। तैपनि लागेका थियो कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन सरकारले अनुसन्धान भइरहेको भान देला। जनतासँग अलिकति त डराउला! तर सकारले सात दिन पनि पर्खेन‚ भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरोको सरुवा गर्यो। त्यो पनि विमान दुर्घटनाले जनतााको ध्यान तानेको दिन पारेर।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया