काठमाडौँ : नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले एमसिसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइन समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले एमसिसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइन समयमै बनाउनसके विद्युत् विकास र निर्यातका निम्ति कोसेढुंगा हुने उल्लेख गरे।
उनले विद्युत् खपत व्यक्तिगत हिसाबले तीन दोब्बर भएको र यो सकारात्मक रहेको बताए। उनले सरकारले विद्युत् उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने माग गरे। उनले जलविद्युत्मा पुँजी र प्रविधि आवश्यक रहेको बताए।
कार्कीले भने, ‘एमसिसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइन समयमै बनाउनसके विद्युत् विकास र निर्यातका निम्ति कोसेढुंगा हुनसक्छ। विद्युत्को विकास नभईकन मुलुकको विकास हुन सक्दैन। त्यसको परिभाषा गर्नुपर्ने जरुरी छैन। पुँजी र प्रविधिको धेरै ठूलो आवश्यकता जलविद्युतमा छ।’
सांसद कार्कीले पुँजी र प्रविधि धेरै भित्र्याउने कुरामा ध्यान दिन जरुरी रहेको उल्लेख गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया