Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

संविधान संशोधनका लागि प्रतिपक्षसँग संवाद गरौँ : एनपी साउदको सुझाव

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको पहल गर्न सरकारलाई सुझाव दिएका छन्।

उनले सत्तापक्ष र प्रतिपक्ष दलबीच संविधान संशोधनको सवालमा समान धारणा आइरहेकाले सरकारले यसमा राष्ट्रिय सहमति जुटाउनका लागि तत्काल पहल गर्नुपर्ने बताए।

मंगलवार प्रतिनिधिसभा बैठकमा कांग्रेस र एमालेबीच संविधान संशोधन गर्नेलगायतका सात बुँदे सहमति भएको स्मरण गराउँदै त्यसमा सरकारले पार्टीहरूबीचमा र प्रतिपक्षसँग पनि राष्ट्रिय सहमतिका लागि बहस चलाउनुपर्ने उनले बताए।

उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने र त्यसका लागि शासकीय स्वरुपमा कुनकुन एजेण्डामा हामीले परिवर्तन गर्नुपर्ने हो, त्यसका लागि एकै पार्टीभित्र मात्रै होइन अन्य पार्टीभित्र पनि, पार्टीहरू बीचमा पनि र सरकार र प्रतिपक्षको बीचमा पनि राष्ट्रिय सहमतिका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यसका लागि सरकारले पहल गर्नुपर्ने सांसद साउदको भनाइ थियो। उनले समावेशीकरणको मुद्दालाई तलमाथि गर्ने पक्षमा सरकार र सत्तारुढ दल नरहेको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP