काठमाडौँ : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा मेरिटोक्रेसी शुरू गरेको तर अहिले प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबाट हस्तक्षेप शुरू गरेको आरोप लगाएका छन्।
आज (मंगलवार) प्रतिनिधिसभा बैठकमा प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविमा सुधार गर्नेभन्दा पनि अहिले सुरक्षाकै चुनौती रहेको बताएका हुन्।
उनले समग्र शिक्षा प्रणाली प्रश्नैप्रश्नले घेरिएको पनि बताए। उनले भने, ‘राजनीतिक भागबन्डाबाट थिलथिलो भएको उच्च शिक्षामा सुधार ल्याउन प्रधानमन्त्रीका रूपमा मैले पदाधिकारीहरूको नियुक्तिमा मेरिटोक्रेसी शुरू गरेँ। त्रिभुवन विश्वविद्यालयमा त्यसका प्रारम्भिक परिणामहरू आउँदै थिए। शैक्षिक क्यालेन्डर कार्यान्वयन हुँदै थियो।’
उनले परीक्षा सकिएको ४ दिनमै नतिजा प्रकाशन गर्ने व्यवस्था गरेको दावी पनि गरे।
उनले भने, ‘केही हप्ताअघिको उत्साहजनक उदाहरण दिन्छु, मानविकी तथा सामाजिक संकायअन्तर्गतको एउटा विषयको परीक्षाफल परीक्षा सकिएको ४ दिनमै प्रकाशन भयो, अब विश्वविद्यालय सबै परीक्षाको नतिजा बढीमा सय दिनभित्रै सार्वजनिक गर्ने तयारीमा छ, गत वर्षका बाँकी परीक्षाको नतिजा त एक साताभित्रै प्रकाशन गर्ने तयारी छ तर त्यही विश्वविद्यालयको नीति तथा कार्यक्रमबाटै प्रधानमन्त्रीको हस्तक्षेप शुरू भयो।’
उनले अहिले शिक्षामन्त्रीले गृहमन्त्रीलाई सामाजिक सञ्जालबाट आह्वान गर्ने बिडम्बनापूर्ण अवस्था आएको बताए।
‘मेरिटोक्रेसी मिच्दै जाँदा अब त विश्वविद्यालय पदाधिकारीहरूको सुरक्षाका लागि शिक्षामन्त्रीले गृहमन्त्रीलाई सामाजिक सञ्जालबाट आह्वान गर्ने बिडम्बनापूर्ण अवस्था आएको छ, के यही हो सरकारको समन्वय? जहाँ बेहाल छ, त्यहाँ कुनै चासो नहुने, जहाँ सुधार छ त्यहाँ समस्या खडा गर्नैपर्ने, यो कस्तो दुई तिहाइको शासन हो?’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया