काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताएका छन्।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्न नहुने बताएका हुन्।
उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने/नगर्नेभन्दा पनि सम्पूर्ण वक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए। उनले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताए।
केसीले भने‚ ‘विद्युत उपभोक्ता ६७ लाख परिवार छन्। कुलमानजी बाँकी वक्यौता सबै उठाउनुपर्छ भन्ने अनि हामी कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले के सन्देश जान्छ ? त्यसकारण बाँकी वक्यौतालाई स्पष्ट रूपबाट २१ अर्ब ८८ करोड नै उठाउने। तत्कालै बाँकी वक्यौता असुल गर भन्ने सिवाय लेखासमितिले कारबाही गर्ने, नगर्नेमा प्रवेश गर्नुहुन्न भन्ने अडानमा म छु।’
सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया