Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

सुनकाण्डको वास्तविक छानबिन भएको भए माओवादी हेडक्वार्टर जेलमा हुन्थ्यो : गिरी

काठमाडौं : नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करी काण्डको पारदर्शी छानबिन भएको भए माओवादी हेडक्वार्टर जेलमा हुने दाबी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै गिरीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू मात्रै सुशासनको पक्षपाती देखाउन खोजेको भन्दै यस्तो टिप्पणी गरेका हुन्।

‘कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदा सुन तस्करीमा इतिहास रच्ने काम भयो। सायद यसको सही ढंगले पारदर्शी रुपमा छानबिन भएको भए तपाईंको पार्टीको हेडक्वार्टरका सबै मान्छे जेलको छिँडीमा हुन्थ्यो होला।’ उनले प्रश्न गरे, ‘छानबिन गर्ने स्थिति बन्यो? सबैलाई उन्मुक्ति दिने काम भयो कि भएन? अनि म चाहिँ सुशासनको पक्षमा छु बाँकी सबै बिचौलिया हुन् भन्ने कुरा न्यायसंगत हुन्छ ?

पूर्वप्रधानमन्त्रीसमेत रहेको व्यक्तिले सत्ताबाट बाहिरिने बित्तिकै तल्लो स्तरमा झरेर सरकारविरुद्ध प्रस्तुत भएको भन्दै उनले प्रचण्डप्रति आक्रोश व्यक्त गरे।

पछिल्लो आठ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले सम्हाल्दा डेडिकेटेड र ट्रंकलाइनको वक्यौता किन नउठाएको भन्दै प्रश्न गरे।

उनले ललितानिवास व्यक्तिका नाममा ल्याउने निर्णय गर्ने पूर्वप्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिने व्यक्तिलाई कसरी सुशासनको पक्षपाती भन्न मिल्छ भन्दै प्रश्न गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP