Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

कांग्रेस-एमाले सहकार्यबारे भ्रम फैलाउनु नै कसैको पेसा बनेको छ : सांसद दाहाल

काठमाडौँ : राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहालले आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार गठन भएको बताएकी छन्।

बिहीवारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन्। उनले राजनीतिक दलको समीकरण फेरिएर नयाँ सरकार बन्नुलाई नौलो विषयका रुपमा लिन नहुने बताइन्।

उनले दुई ठूला राजनीतिक दलहरु मिलेर शान्ति र स्थायित्वका लागि बनाएको सरकारप्रति आत्तिनुपर्ने कुनै कारण नरहेको बताइन्।

उनले कांग्रेस-एमाले सहकार्यका विषय र सन्दर्भलाई लिएर टीकाटिप्पणी गर्नु, नकारात्मक सन्देश प्रवाह गर्नु, कतिपय व्यक्तिको पेशा र धर्म बनेको बताइन्।

उनले पहिलो ठूलो राजनीतिक दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेको बीचमा सहमति भइ सरकार बन्नु देशको परिस्थितिकीय आवश्यकताको विषय बनेको बताइन्।

‘राजनीतिक दलको समीकरण फेरियो, नेकपा एमाले र नेपाली कांग्रेसबीच साझा सहमति भयो, सरकार बन्यो। कुनै अचम्म मान्नुपर्ने, आत्तिनुपर्ने के के न हुन लाग्यो भन्ने अवस्था छैन‚’ उनले भनिन्, ‘यो सहकार्यका विषय र सन्दर्भलाई लिएर टीकाटिप्पणी गर्नु, नकारात्मक सन्देश प्रवाह गर्नु, कतिपय व्यक्तिको पेशा र धर्म बनेको देखिन्छ।’
सांसद दाहालले संविधान संशोधनको विषय उठाउनु नौलो नभएको भन्दै राष्ट्रिय सहमतिबाटै संविधान संशोधन हुने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP