Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सडक दुर्घटना रोक्न एक महिना सडक बन्द गरी अध्ययन गरौँ : वामदेव गौतम

काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले सडक दुर्घटना रोक्न एक महिना सडकसञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने बताएका छन्।​

बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले यस्तो प्रस्ताव अघि सारेका हुन्। उनले सो समयमा हवाई यातायात प्रयोग गर्नुपर्ने र सबैभन्दा सस्तोमा हवाइ सेवा दिने कुरा सरकारले निर्धारण गर्नुपर्ने बताए।

उनले जथाभावी निर्माणका काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशीको मृत्यु भइरहेको बताए।

उनले सडक दुर्घटनाको कारण पत्ता लगाउन सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए। उनले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय रहेको बताए। उनले प्राकृतिक संरचनाको यथार्थ जानकारी पाउन चीन र इजरायलबाट वैज्ञानिकलाई नेपालमा बोलाउन आग्रह गरे।

गौतमले भने‚ ‘नेपालका नदीछेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन्। बिनाकारण कुनै घटना हुँदैनन्। घटनाको विश्लेषण गर्न सक्नुपर्छ। अहिले उत्पन्न समस्या मेरो विचारमा ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय छन्। एक महिनासम्म नेपालका सबै सडक बन्द गर्नुपर्छ। एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गरी चलाउनुपर्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP