Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

कांग्रेसका शीर्ष नेताले जुटाए महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेश गरेका प्रतिवेदनका कतिपय बुँदामा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक-पटक सर्दै आएको थियो।

पदाधिकारी र पूर्वपदाधिकारी सहितको बैठकले विवादित विषयमा सहमति जुटाएको हो। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको १५ औँ महाधिवेशन निर्धारित समयमै गर्ने सहमति भएको छ। महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा महाविधेशन लम्ब्याउन नहुने र २०८२ मंसिरमै हुनुपर्ने बुँदा उल्लेख गरेका थिए।

यस्तै, आगामी निर्वाचनमा गठबन्धन नगर्नेबारे पनि नेताहरु सहमत भएका छन्। पौडेलका अनुसार पार्टी संगठन तिखार्दै आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी जाने निष्कर्ष निकालिएको बताए।

यस्तै, पार्टी सभापतिको ‘एक्जिट पोलिसी’बारे विधानमै उल्लेख गरिएकाले थप छलफल गरिरहनु नपर्ने तथा प्रधानमन्त्री र मन्त्रीका सवालमा संविधान संशोधनका क्रममा एजेण्डा उठाउने सहमति भएको छ। महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटक मात्रै हुन पाउने व्यवस्था गर्नुपर्ने आफ्नो प्रतिवेदनमा उल्लेख गरेका थिए। कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्दै छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP