Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

बुटवललाई आर्थिक राजधानी बनाउन सबै जुटौँ : अर्थमन्त्री पौडेल

लुम्बिनी : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा आज अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पनि पहल गर्ने बताउँदै यसमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए।

उनले यहाँको विकास भनेको प्रादेशिक अस्पताल र यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकाले सोहीअनुसार लाग्न सबैलाई आग्रह गरे।

अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिए। उनले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गरे।

अस्पतालमा निर्माणाधीन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै अर्थमन्त्री पौडेलले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभएको उल्लेख गर्दै उनले दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको व्यवस्थापन पनि महत्वपूण विषय रहेको बताए। यसअघि उनले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज उद्घाटन गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP