Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

बंगलादेशजस्तो हुन नेपाल कुनै देशको फोटोकपी मेसिन होइन : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसा संभव नभएको र हुन नदिइने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश र श्रीलंकाबाट पाठ सिक्न उपदेश दिएको भन्दै ओलीले नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए।

‘हिजोतिर हो क्यारे प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छ र खुट्टा कमाउन? मैले लुटपाट मच्चाएको छु र खुट्टा कमाउन?’ क्यप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा ओलीले भने ‘जो चर्को स्वरमा भन्दै हुनुहुन्छ म भन्न चाहन्छु राम्ररी सिक। बेथिति आजको समयमा चलाउन सकिँदैन। चलाउन हुँदैन। बंगलादेशमा केही भयो भनेर नेपालमा त्यही हुन्छ ? नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। यहाँ आफ्नो इतिहास छ आफ्नो परम्परा छ।’

ओलीले आफूले भ्रष्टाचार नगरेको र गर्न नदिने प्रतिवद्धता दोहोर्याए।

‘मैले जानीजानी अहिलेसम्म झूट बोलेको छैन, बोल्दिनँ । जानीजानी कसैको अधिकार हनन् गरेको छैन, गर्दिनँ । जानीजानी अनैतिक काम गरेको छैन गर्दिनँ। त्यसैले म ढुक्क छु।’ ओलीले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP