Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

‘प्रधानमन्त्री दुईपटक र राष्ट्रपति एकपटक मात्रै बन्न पाउने प्रस्ताव पास हुन्छ’

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक मात्रै प्रधानमन्त्री बन्ने प्रश्ताव आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एकपटक राष्ट्रपति र दुईपटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रश्ताव गरेको बताए।

उनले आईतवार बस्ने केन्द्रिय समितिको बैठकले सो नीति साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताए। प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुईपटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए। उनले अहिले केही समस्या रहेको भए पनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे। महामन्त्री शर्माले एकपटक राष्ट्रपति बन्न पाउने र दुईपटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए।

उनले सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी अघि बढाउने पनि बताए।

उनले भने, ‘काँग्रेसको अहिले १,२,३,४ भन्ने सुन्नुभएको होला। यो देशमा खालि प्रधानमन्त्री उनै उनै अनुहारहरु भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजाताजा नेतृत्व कहिले आउँछ? भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रश्ताव गरेको छु। कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शितल मुद्रामा बिदा भएर जानुपर्छ।’

महामन्त्री शर्माले रुपान्तरणका थुप्रै मुद्दाहरु अब उठाउान जरुरी रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP