काठमाडौं : अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत सिफारिसमा समावेशिता नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। समितिको मंगलबारको बैठकले आगामी दिनमा राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिएर मात्र सिफारिस गर्न भनेको हो।
समितिले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग उनको भारत भ्रमणसहित राजदूत नियुक्तिका सम्बन्धमा छलफल गरेको छ। छलफलका क्रममा मन्त्री राणाले आफ्नो भारत भ्रमणबारे सुनाएकी थिइन् भने राजदूत सिफारिस समावेशी हुन नसकेको माफी मागिन्।
सांसदहरूले सोधेको प्रश्नमा मन्त्री राणाको जवाफ थियो, ‘राजदूत नियुक्ति समोशी भएन। अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउनेछौं। योपटक आएन। आईएम सरी!’
सरकारले १७ मुलुकका लागि राजदूत प्रस्ताव गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट छुटेकाे भन्दै प्रश्न उठेको छ। राजदूतहरूको सुनुवाइ भइरहेकाे छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया