Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज

काठमाडौं : संसदीय सुनुवाइ समितिमा बुधबार चार प्रस्तावित राजदूतको सुनुवाइ हुने भएको छ। बिहान ११ बजे बस्ने समितिको बैठकमा रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया र साउदी अरबका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुन लागेको हो।

रुसका लागि जङ्गबहादुर चौहान, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ र साउदी अरबका लागि नरेशविक्रम ढकालको सुनुवाइ हुने समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

सरकारद्वारा प्रस्तावित १७ राजदूतमध्ये अहिलेसम्म ९ जनाको सुनुवाइ सकिएको छ। मंगलबार कतारका लागि रमेशचन्द्र पौडेलको मात्रै सुनुवाइ गरेको थियो।यसअघि आइतबार चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि शैल रूपाखेती र डेनमार्कका लागि सुम्निमा तुलाधरको सुनुवाइ भएको थियो।

यस्तै सोमबार इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेलको सुनुवाइ भएको थियो।

बुधवारको सुनुवाइपछि स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको सुनुवाइ हुन बाँकी हुनेछ।

सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP