Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

विद्यावारिधि नगरेकाले अब आफूलाई शिक्षाविद् भन्न नपाइने

काठमाडौं : शिक्षाविद् बन्न चाहने व्यक्तिले विद्यावारिधि उपाधि हासिल गर्नुपर्ने कानूनी व्यवस्था गर्न लागिएको छ। नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोकेको हो ।

सरोकारवालासँग छलफल गरेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिनिधिसभामा गत बिहीबार पेश गरेको विधेयकको प्रतिवेदनमा योग्यता तोकेको हो । समितिले विधेयकमाथि दफावार छलफल गरेर सुझावसहितको प्रतिवेदन मंगलबार प्रतिनिधिसभामा पेश गरेको हो।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, विधेयकको दफा- २ मा शिक्षाविद्को योग्यता तोकिएको छ। यहाँ ‘शिक्षाविद् भन्नाले नेपाल सरकारद्वारा मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको र अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको व्यक्ति सम्झनुपर्ने छ’ भन्ने उल्लेख छ।

कस्तो व्यक्तिलाई शिक्षाविद् मान्ने भन्ने विषयमा हालसम्म कुनै निश्चित परिभाषा छैन । यसलाई कुनै पनि कानुनले सम्बोधन गर्न पनि सकेको छैन । निश्चित योग्यता र परिभाषा नतोकिँदा पछिल्लो समय शिक्षासम्बन्धी सामान्य ज्ञान मात्रै भएका व्यक्तिले पनि आफूलाई शिक्षाविद्का रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ ।

यद्यपि यस विधेयकले तोकेको शिक्षाविद्को योग्यता नेपाल विश्वविद्यालयका लागि मात्रै हो । विश्वविद्यालयको संगठन संरचना अन्तर्गत रहने विभिन्न निकायमा पदाधिकारी तथा सदस्य नियुक्त गर्दा शिक्षाविद्का तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुनुपर्ने भन्ने उल्लेख छ।

तर ती निकायमा नियुक्त हुने शिक्षाविद्को योग्यता के रहने भन्ने विषयमा स्पष्ट नभएका कारण विधेयकले योग्यता नै तोकेर शिक्षाविद्लाई परिभाषित गरेको हो। नेपाल विश्वविद्यालयले तोकेको परिभाषाले समग्र शिक्षाविद्का लागि नै मानक स्थापित गर्ने र अन्य स्थानमा पनि लागु गर्न सजिलो हुने शिक्षाविद् प्राडा विद्यानाथ कोइराला बताउँछन्। ‘अहिले त बजारमा स्वघोषित शिक्षाविद्, बुद्धिजीवी, अभियन्ता बन्ने चलन छ’, उनले भने, ‘यो अवस्थालाई नेपाल विश्वविद्यालय विधेयकले स्पष्ट गरेको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP