Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

व्यवस्था जोगाउने कुरामा कांग्रेस—एमालेबीच कुनै मतभेद छैन : देउवा

काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्।

बुधवार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए।

उनले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए। उनले चुनौतिलाई बुझेर काम गर्न आवश्यक रहेको बताए। उनले एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको बताए।

यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिए। संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताए।

उनले भने, ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ। चुनौतिपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरु अझ बढी जागरुक हुनुहुनेछ। कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ। प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नुछ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान्। एमालेसँग काँग्रेस र काँग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा यो बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन।’

सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताए। उनले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताए। सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP