काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन्।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुप्ताले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताएका हुन्।
समितिमा आजदेखि विधेयकमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ। बैठकमा बोल्दै उनले विधेयकमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्न सक्ने भन्दै उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताए।
उनले यो विधेयकलाई प्राथमिकतामा राखेर अघि बढाउन समितिसमक्ष आग्रह गरे।
मन्त्री गुप्ताले भने‚ ‘१५८३ वटा संशोधन प्रस्ताव छ। यसलाई छलफलमा लगियो भने वर्ष, दुई वर्ष जान्छ। हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौं र छलफल गरेर अघि बढ्छौँ।’
मन्त्री गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रोकेको भन्दै एक सांसदले प्रश्न उठाएका थिए। उक्त प्रश्नको जवाफ दिँदै उनले काफ्लेले मन्त्रालयसँग समन्वय तथा सम्पर्क नगरेकाले बाध्य भएर भ्रमण रद्द गर्नुपरेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया