Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

पाँचथर बम विष्फोटको घटनाबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः एमाले

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यही भाद्र १३ गते पाँचथरमा बेवारिस बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गरे।

प्रमुख सचेतक उनले सो बेवारिस बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्यममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गरे। प्रमुख सचेतक बर्तौलाले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धानको कामलाई तीब्रता दिनुपर्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले तत्कालीन विद्रोही पक्ष माओवादीले देशका कुन कुन ठाउँमा बेवारिसे अवस्थामा त्यस्ता बमहरू राखेको छन्? भन्ने कुराको खोजीमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP