Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

पीडित जनतालाई सरकारले यथाशीघ्र राहत दिनुपर्छ : डा. खड्का

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जनता बिद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरुलाई वर्षातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो भने त्यसले मुलुकमा भयावह अवस्था ल्याउने दाबीसमेत गरे।

नेता खडकाले जनताको संवेदनशीलताप्रति सरकार उदासीन भयो भने त्यसले जनविद्रोहलाई जन्माउने भएकाले त्यसतर्फसमेत भएर अघि बढ्नुपर्ने पनि बताए। उनले उदयपुर जिल्लामा त्रियुगा नदीले बस्तीको नागरिकलाई विस्थापित गराएकाले उनीहरुलाई सुरक्षित बस्तीमा स्थानान्तरण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले भने, ‘म यस अवसरमा त्रियुगा नदीले त्यहाँको जनतालाई बिचल्ली बनाएको छ। यस अवसरमा म प्रधानमन्त्रीजी, सम्बन्धित मन्त्रीहरु गृहमन्त्रीजी र त्यस अन्तर्गतको निकायहरु हार्दिक अनुरोध गर्न चाहन्छु कि जनताको आवश्यक्ताप्रति अत्यन्तै चिन्तित र संवेदनशील भएर यथाशीघ्र के गर्न सकिन्छ ? त्यो काम गर्नका निमित्त म सम्माननीय सभामुखमार्फत हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु।’

नेता खड्काले जनताप्रति सरकारले उदासीनता देखाउन नहुने पनि स्पष्ट पारे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP