Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

कोशी संसदीय समितिको निर्वाचन एकीकृत समाजवादीद्वारा बहिष्कार

विराटनगर : दुई वर्षको अन्तरालमा कोशी प्रदेशसभाका संसदीय समितिको भदौ २८ गते निर्वाचन तोकेको छ।

प्रदेशसभामा सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकले संसदीय समितिको सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।

यता एकीकृत समाजवादीले उपस्थिति हुन नसक्ने बताएको छ भने जसपाकी एक्ली सांसद निर्मला तावाले पनि सो दिन आफू नभ्याउने बताएकी छिन्।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको एक वर्षपछि समितिको सदस्य चयन भए पनि सभापति भने चयन हुन सकेको थिएन।

नेकपा एकीकृत समाजवादीका तर्फबाट पूर्वमन्त्री समेत रहेकी खिनु लङ्वाले भागबण्डा टुंगो लगाउनुपर्नेमा जोड दिएकी थिइन्।

उनले भनिन्, ‘यदि सभापति महत्वको कुरा थियो भने त हामीले संसद्‌मा शपथ खाएको एक हप्ताभित्रै बनाउनुपर्थ्यो नि ? किन ढिला गरेर पर्खिएर बस्नु र अतालिनु यो कार्यशैली भएन। यो बेठिक छ।’

राप्रपा सांसद सविना बजगाईंले २८ गतेभित्रै चुनाव गर्नुपर्नेमा जोड दिइन्।

उनले समितिका सभापति चयनमा सबै दललाई समेटेर लग्नुपर्नेमा जोड दिएकी छिन् । राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले पनि समिति सभापति चयनको विषय शीघ्र टुंगो लगाउनु पर्नेमा जोड दिए।

नेपाली कांग्रेसका दलका उपनेता हिमाल कार्कीले छलफल र सहमतिबाटै सभापति निर्वाचन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले २८ गतेसम्म यो प्रक्रियालाई टुंग्याउने सभामुखको कुरालाई समर्थन गर्ने बताए।

सभामुख अम्बरबहादुर विष्टले समितिका सदस्यहरूले सभापति चयन गर्ने भएकोले त्यहाँ सरकारमा रहेका दलले उदारताका साथ सहमति गरे राम्रो हुने बताए।

सभामुख विष्टले संसद् अधिवेशन चलेकै अवस्थामै समिति सभापति चयन हुनुपर्नेमा जोड दिए। उनले २८ गते नै निर्वाचन गर्ने बताएका थिए।

बैठकमा उठेको विषयलाई असहमति जनाउँदै नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङले ठूला दलले पेल्न खोजेको आरोप लगाइन्। ठूलो दलको अहंता देखिएको बताउँदै उनले सानो दलको पनि कुनै समय ठूलो महत्व रहेको उल्लेख गरिन्।

उनले आफ्नो दल २८ र २९ गते हुने दलको निर्वाचनमा सहभागी नहुने बताइन्।

एउटा दलको असहमतिका बीच पनि सभामुख विष्टले भदौ २६ गतेको प्रदेशसभामा समितिका सदस्यहरूको नाम पढेर सुनाउने र २८ गते नै निर्वाचन भएर सभापतिको शपथग्रहण पनि सोही दिन हुने जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP