Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

हामी उपसभामुखको साथमा छौं, हटाउन खोजे प्रतिवाद गर्छौं : पौडेल

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखलाई हटाउन खोजे आफूहरूले प्रतिवाद गर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपसभामुखलाई सत्तापक्षले हटाउन खोजेको भन्दै प्रतिवाद गर्ने बताएका हुन्।

‘म उपसभामुखज्यूलाई भन्न चाहन्छु हामी छौं तपाईंको साथमा। हामी प्रतिवाद गर्छाैं ढुक्क हुनुहोस्’ उनले भने।

पौडेलले केही गर्छु भनेर आएको एक जनजाति महिलामाथि अपमान गरिएको भन्दै आपत्ति जनाए। उनले सत्तामा भएका यसअघिका व्यक्तिहरूको पनि नैतिकताको विषय उठाउनुपर्ने भन्दै राजीनामा दिन तयार हो ? भन्दै प्रश्न गरे।

सांसद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई ‘राउण्ड किक’ हानेको भनेको विषय उठाउँदै थपे, ‘अहिले त्यही राउण्ड किक उपसभामुखमाथि प्रयोग गर्न खोजिएको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP