काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी छानबन संसदीय विशेष समितिको ध्यानलाई अन्यत्र मोड्न आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको प्रत्यारोप लगाएका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन्।
‘संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु। प्रमाण लुकाउन सक्ने गृहमन्त्रीजस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय। मेराबारे लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि संबद्ध निकायहरुलाई आग्रह गर्दछु‚’ उनले भने, ‘विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष सावित भएको स्मरण गराउन चाहन्छु। सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटोभन्दा छिटो छानबिन गर्न माग गर्दछु।’
उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानबिन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए। उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रदर्शन गर्दै आएको भन्दै त्यसमा प्रतिबद्ध रहेको पनि दोहोर्याए।
उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीका पदाधिकारीमाथि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे।
‘जुन मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, संचालक समितिका सदस्यहरु, को–कोलाई छानबिन गर्नुपर्ने हो‚ तुरुन्तै छानबिन गरियोस्‚’ उनले भने, ‘यदि यस विषयमा ममाथि कुनै आशंका छ भने तुरुन्तै ममाथि पनि छानबिन गरियोस्। पुनः षडयन्त्रकारी कदमको निष्पक्ष छानबिनको माग गर्दछु।’
उपसभापति गुरुङले आफूले पत्नी ज्योति गुरुङसँग सम्बन्धविच्छेद गरेको पनि बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया