काठमाडौँ : नेकपा एमालेका सांसद पदम गिरीले अब उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्दा संसद्को गरिमा उचो हुने बताएका छन्। उपसभामुखको लेटरप्याडबाट अमेरिका मान्छे लैजान दूतावासलाई पत्र लेख्नु पदीय गरिमा बाहिरको कदम भएको भन्दै पदमा बसिरहन उपयुक्त नहुने उनले बताए।
‘उपसभामुख संसद्को गरिमामय व्यक्ति जसले लिने निर्णय र उहाँले गर्ने व्यवहारहरू संसद्को कन्सर्नको विषय हुन्छ। संसद्को गरिमासँग जोडिन्छ। उहाँले अमेरिका एउटा कार्यक्रममा जानका लागि आफ्नो लेटरप्याड प्रयोग गरेर संसद्भन्दा बाहिरको मान्छेलाई लैजानका लागि दूतावासलाई पत्र लेख्दा संसद्को गरिमामा आँच आयो कि आएन?’
पहिल्यै प्रश्न उठिसकेपछि उपभामुख रानाले कुनै निकास दिने आशामा आफूहरूले अहिलेसम्म कुरेको उनले बताए।
‘हामीललाई लागेको थियो योबीचमा उहाँले कुनै सोचविचार गर्नुहोला, उहाँ आवद्ध दलसँग् छलफल गर्नुहोला र कुनै निकास दिनुहोला’, उनले भने, ‘तर आज यो विषय बजारको विषय बन्यो र संसद्को पनि बन्यो। त्यसकारण उहाँले मार्गप्रशस्त गर्दा नै संसद्को गरिमा उचो हुन्छ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया