काठमाडौँ : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘नेपालमा बंगलादेश केमा ल्याउनु हुन्छ‚ हवाईजहाजमा कि रेलमा’ भन्दै व्यंग्य कसेका छन्।
मंगलवार राष्ट्रियसभाको बैठकमा उनले देश बंगलादेश बन्दै छ भनेर भ्रम पैदा गरेको भन्दै आपत्ति जनाएका छन्।
उनले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको आरोप प्रचण्डमाथि लगाए।
‘विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन्। देश श्रीलंका जस्तो हुन्छ, नेपाल श्रीलंका जस्तो बन्छ भन्नेहरु पनि छन्‚’ उनले भने, ‘अहिले अर्कोथरीले बंगलादेशको हल्ला गर्दै छन्, बंगलादेशको आन्दोलन नेपालमा ल्याउँछु भन्दै छन्, बंगलादेश नेपालमा रेल चढाएर ल्याउँछन् कि हवाईजहाज चढाएर ल्याउँछन्?’
उनले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामाझ भ्रम पैदा गर्न नहुने भन्दै प्रचण्डलाई सचेत गराए। सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया