Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

निषेधित क्षेत्रमा बसे पूर्व मुख्यमन्त्री अनशनमा

विराटनगर : कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज दिउँसोदेखि निषेधित क्षेत्र घोषणा गरेको कोशी प्रदेशसभासामु आमरण अनशन शुरु गरेका छन्।

उनी अनशन बस्ने घोषणा गरेलगत्तै जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

विराटनगरलाई केन्द्रबिन्दु बनाई हुनसक्ने अनशन लगायत विरोधका कार्यक्रम गर्न नपाइने भन्दै ३ बजेदेखि निषेधित क्षेत्र तोकिएको थियो।

मंगलवार दिउँसो प्रशासनले विराटनगरका ५ वटा स्थानमा निषेधित क्षेत्र तोकेको छ। प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि र जिल्ला प्रशासन कार्यालय मोरङदेखि डाँफे चोकदेखि पूर्वसम्म निषेधित क्षेत्र तोकिएको सूचनामार्फत जानकारी गराएको थियो।

कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम समेत दिएका थिए। आफूले उठाएको एजेण्डा जनताको एजेण्डा भएकाले सबैले सहयोग गर्ने पूर्वमुख्यमन्त्री कार्कीको दाबी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP