Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि आउने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने बताए। भेलामा १५ सय जति प्रतिनिधिको सहभागीता रहने बताए। उनले नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरु उपस्थित रहने गरी व्यवस्था मिलाएको बताए।

केन्द्रीय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरिएको बताए। करिब ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजारभन्दा बढी वडाहरुमा संरचना बनेको दाबी गरे। वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था नरहेको र पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेको जानकारी दिए।

उनले भने, ‘असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेला हुनेछ । त्यसमा करिव १५ सय जति प्रतिनिधिहरु आउने तयारी छ। हामीलाई नयाँ पार्टी पनि भएको र एउटा उत्साह पनि भएको हिसावले प्रतिनिधिहरुको चाप छ। त्यो हलको क्षमता १३ सय ५० भन्दा बढी धान्न नसक्ने छ। तथापि १५ सय जति हामीले अपेक्षा गरेका छौँ । केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरेका छौँ । हाम्रो करिव ४ सय पालिकामा पार्टीको संरचना बनेको छ। २ हजार भन्दा बढी वडाहरुमा संरचना बनेको छ । वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था रहेन। पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेका छौँ।’

रास्वपाले उपत्यका बाहिरबाट आउने प्रतिनिधिका लागि आवास र यातायातको व्यवस्था हुने जनाएको छ। राष्ट्रिय भेलाको तयारीका लागि १५ वटा उपसमिति गठन भएको र केन्द्रिय समितिका सदस्यहरुले नेतृत्व गर्नेगरी उपसमिति बनाइ काम गरिएको बताए।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP