विजयनगर, २८ भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा ९ जनाले प्रवेश गरेका छन् । नेपाल एमाले विजयनगर गाउँ कमिटीकाे दाेस्राे अधिवेशनकाे अवसरमा उनीहरु विभिन्न पार्टी परित्याग गरि एमाले पार्टीमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गाउँ कमिटीकाे अधिवेशन कार्यक्रममा टीका लगाई उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
नेपाल काँग्रेसका नागेन्द्र उपाध्याय, राष्ट्रिय प्रजातन्त्र पार्टीकी गाउँपालिका उपाध्यक्ष उम्मेदवार रहेकी अन्जनी कुर्मी, धनई प्रसाद माैर्य, जरिना खातुन, बहुजन शक्ति पार्टीका नेता एकनारायण यादव, जसपा नेता दिपेन्द्र चाैधरी, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष शिव प्रसाद चाई, नेकपा माओवादी केन्द्र वडा अध्यक्ष उम्मेदवार माेहम्मद हारुन मुसलमान, नेपाली काँग्रेस मुस्लिम वडा समिति अध्यक्ष मंगल प्रसाद भाँट गरि ९ जना एमालेमा प्रवेश गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया