Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

अब भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने दावी गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्ड सुन्न नपर्ने बताएका हुन्। उनले आफूले नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहेको पनि बताए।

उनले सरकारबाट दिने सेवा उत्साहका साथ दिइने पनि प्रतिबद्धता जनाए। उनले फाइल रोकेर एक ठाउँमा बस्ने कुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्ने कुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताए। उनले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताए।

प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताए। उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताए।

ओलीले भने, ‘हामीले नेपाललाई नयाँ ढंगले अघि बढाउन चाहेका छौँ। अब ठूलाठूला भ्रष्टाचारका काण्ड आदि इत्यादि, साना ठूला केही सुन्नपर्ने छैन भन्ने म ठान्छु। फाइल रोकेर एक ठाउँमा बस्ने कुरा हुने छैनन्। फाइल फटाफट सर्छ। अहिले हामीले एउटा सिस्टम विकास गरेका छौँ, एक ठाउँबाट शुरु भएको फाइल कहाँनेर पुगेको छ र कहाँ बसेको छ भन्ने प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ। त्यो हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौँ। सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन। काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन। कतै भनसुन गर्न जानुपर्ने छैन। त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दै छौँ।’

प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजराना चढाउनु नपर्ने र कतै भनसुन गर्न जानु नपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP