Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

२०८४ मा एमालेले बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : ओली

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मिशन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गरेका छन्।

शनिवार एमालेले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्। प्रधानमन्त्री ओलीले एमालेसँग अहिले मिशन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्न सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए।

उनले माओवादी केन्द्र भने आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले बन्ने तर्क गरे। माओवादी केन्द्रले विगतमा निर्वाचनमा जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा ४-५ लाख मत ल्याएर राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्ने ओलीको तर्क थियो। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्चुवा पार्टीको रूपमा चित्रण गरे।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले हाम्रा अगाडि मिसन २०८४ मा एकल बहुमत मजाले ल्याउन सक्ने बलिया आधार छन्। मैले एउटा पेपरमा हिजो मात्रै देखेको थिएँ–माओवादीको १९ लाख भोट कहाँ गयो भन्ने ? गम्भीर प्रश्न, विश्लेषण थियो। अब अर्को चुनावमा पुग्दाखेरी ४-५ लाख आउँला कि। राष्ट्रिय पार्टीसम्ममा अडिएला कि। अवस्था त्यो छ।’

प्रधानमन्त्री ओलीले जनताको हितमा काम गर्ने पार्टीलाई मात्रै नेपाली जनताले विश्वास गर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP