Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कांग्रेसी पढ्दैनन्, कम्युनिष्टले पनि पढ्न छाडिसके : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले भूमिगतकालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गर्दै अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको दावी गरे।

उनले कांग्रेसले अध्ययन गर्न छाडिसकेको भन्दै कम्युनिष्टहरू पनि अध्ययनमा रुची राख्न छाडिसकेको बताए। उनले वैकल्पिक शक्तिहरुले अध्ययनमा केही मेहनत गरे पनि अरण्य रोदन जस्तो हुने गरेको बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुशीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए।

उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने बताए। उनले समावेशी र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको औँल्याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP