Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : राजदूत नियुक्तिको सिफारिस गर्न आजका बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरुको सुनुवाइ शुक्रबार सकेको छ। आज ती राजदूतहरुको नियुक्तिको सिफारिस अनुमाेदन गर्न बोलाइएको बैठक स्थगित गरिएको संसदीय सुनुवाइ समितिका एक सदस्यले जानकारी दिए।

उनका अनुसार अचानक बैठक स्थगित भएको सूचना आएको छ। अर्को बैठक तोकिएको छैन। किन बैठक स्थगित गरिएको भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ।

समितिकी सभापति ईश्वरीदेवि न्यौपानेले संसद बैठकमा जानु पर्ने भएकोले बैठक स्थगित गरिएको बताइन्। अब अर्को बैठक चाँडै बोलाइने उनको भनाइ छ।

गत साउन १४ गते सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। तर, अष्ट्रेलियाका लागि सिफारिस भएकी राजदूत कान्ता रिजालको नाम फिर्ता लिएर सरकारले १७ देशका राजदूतको सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो।

समितिले विभिन्न मितिमा गरेर उनीहरुको सुनुवाइ सकेको छ। अब समितिले उनीहरुको नाम अनुमोदन गरेर नियुक्तिका लागि सिफारिस गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP