काठमाडौं : नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भूमिकामा देखिएको आरोप लगाएका छन्।
सभामुख घिमिरेले हिंसा शब्द संसदीय भएको भनी लिएको निर्णयप्रति आपत्ति जनाउँदै उनले सो आरोप लगाएका हुन। आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने निर्णय लिएर एमालेको कार्यकर्ताको रुपमा प्रश्तुत भएको जिकिर गरे।
प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदहरुले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय लिएका थिए। सोही विषयलाई उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख? भनी प्रश्नसमेत गरे।
उनले माओवादी विद्रोह जनयुद्ध भएको दाबी गर्दै त्यसलाई अन्यथा ढंगले व्याख्या गर्ने काम भए राष्ट्रिय सभा बैठकमा पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिए। सांसद विश्वकर्माले माओवादी जनयुद्धलाई संविधानमा हिंसा नभएको पनि पटक- पटक दोहोर्याए।
सांसद विश्वकर्माले माओवादी विद्रोह जनयुद्ध भएको र त्यसको अपव्याख्या गर्नेकुरा आफूहरुलाई सैह्य नहुने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया