Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सर्वोत्कृष्ट नतिजा आउने गरी काम गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालू आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा आउने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।

चालू आवको कार्यसम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिँदै सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजनालगायतबाट निर्धारित लक्ष्य पाउन उत्कृष्ट काम गरी आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताए।

मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सञ्चारमन्त्री गुरुङ र सञ्चारसचिव राधिका अर्यालबीच कार्यसम्पादन सम्झौता भएको छ। सरकारले पहिलो सय दिन, दोस्रो सय दिन र त्यसपछिको १६५ दिनको समीक्षा गर्ने गरी कार्यसम्पादन सम्झौता गरेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले अरू मन्त्रालयभन्दा सञ्चार मन्त्रालयको कार्यसम्पादन उत्कृष्ट सावित हुने गरी काम गर्न निर्देशन दिए।

‘सेक्युरिटी प्रिन्टिङको काम आफैँ गर्ने भनेर केही काम अघि बढेकोमा अहिले त्यतिकै रोकिएको छ। यो राष्ट्रिय सुरक्षाको कुरा पनि हो। बैंक नोट, हुलाक टिकट, राहदानी, अन्तःशुल्क स्टीकरलगायत छपाइका काम हामी आफै गर्नुपर्छ’, गुरुङले भने।

सुरक्षित मुद्रण केन्द्रमा चाँडै नेतृत्व दिएर अर्को वर्षबाट सुरक्षित मुद्रणका आफैँले गर्नसक्ने गरी व्यवस्था मिलाउन पनि उहाँले निर्देशन दिए। उनले सरकारी सञ्चारमाध्यमको जनशक्ति पुनःसंरचना गर्ने र त्यस्ता संस्थाका कर्मचारीलाई तालिम दिने उद्देश्यले सञ्चार क्षेत्रको छुट्टै प्रतिष्ठान स्थापना गर्नेबारे आफू सकारात्मक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP