Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कांग्रेसले देखाएका प्रमाणहरू फेल भए र म सहकारी ठगीमा निर्दोष भएँ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको र विषय अब गोर्खा मिडियातिर जाने बताएका छन्।

राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसतर्फ लक्षित गर्दै लामिछानेले उनीहरूले देखाएका प्रमाणहरू फेल भएको र आफू सहकारी ठगीमा निर्दोष देखिएको बताएका हुन्।

लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भइरहेको बताए। लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको जिकिर गरे।

पार्टीको राष्ट्रिय भेला आजदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो। भोलिसम्म चल्ने भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति तोक्ने कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

भेलामा प्रदेश सभापतिहरूले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ पनि गर्ने कार्यक्रम छ। साथै अनुशासन आयोगको संक्षिप्त प्रतिवेदनमा पनि छलफल हुने बुर्लाकोटीले जानकारी दिए। राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने छन्। कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार भेलामा केन्द्रीय सदस्यदेखि पालिकासम्मका प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP