Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु भएको छ।

गत साउन २७-३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो। ३४ सदस्यीय यो बैठक भोलि शुक्रवार सकिनेछ।

बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी तोक्नुका साथै केन्द्रीय विभागहरु गठन, केन्द्रीय सचिवालय गठन, केन्दीय कार्यालय समिति गठन, प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्नेछ।

त्यसैगरी, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समीक्षा र यसको प्रभावकारिता, पेशागत एवं भ्रातृ संगठनहरुको परिचालन, अनुगमन, निरीक्षण र समन्वयलगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।

जसपा नेपालको कार्यकारिणी समिति र केन्द्रीय समितिले पूर्णतः पाइसकेको छ। गत जेठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेवारी दिएको थियो।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP