Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

चीन र भारतबाट आयात रोक्न सम्भव छैन : मन्त्री बस्याल

पर्वत : गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले दुई ठुला छिमेकी चीन र भारतले उत्पादन गरेका उत्पादनलाई रोक्न नसकिने तर देशमै साना तथा घरेलु उद्योगहरू सञ्चालन गर्नुपर्ने बताएका छन्।

हालै मात्र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका प्रदेश सभाकै सबैभन्दा ज्येष्ठ सदस्यसमेत रहेका मन्त्री बस्यालको स्वागत, शुभकामना तथा बधाई ज्ञापन गर्न पर्वत उद्योग वाणिज्य सङ्घले शनिबार कुश्मामा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

चीन र भारतले उत्पादन गरेका सामग्री तथा खाद्य वस्तुहरू विश्व बजारमा पुगिरहेको अवस्थामा ती वस्तुहरूको आयात रोक्न नसकिने उनको भनाइ छ। तर, आयातलाई कम गर्न प्रदेशका हरेक जिल्लामा सम्भावित साना उद्योगहरू सञ्चालन गर्न सकिने मन्त्री बस्यालले बताए।

‘चीन र भारतका उत्पादन ल्याउन रोकेर हामीलाई आवश्यक पर्ने वस्तुहरूको उत्पादन यहीँ गरेर धान्न सकिने अवस्था छैन। बरु यहाँ साना तथा घरेलु उद्योगहरू सञ्चालन गरेर यहाँका स्थानीय वस्तुहरूलाई निर्यात गर्न सकिन्छ’, उनले भने, ‘पर्वतको पर्यटन उद्योगको सम्भावना धेरै राम्रो हुँदै आएको छ। यहाँको सम्भावनाका बारेमा सम्भाव्यता लिएर आउनुहोस् प्रदेशबाट हुने काम प्रदेशबाट र नसकेका कामका लागि सङ्घीय सरकारमा पनि जाउँला।’

छिमेकी भारतबाट बर्षेनी ठुलो सङ्ख्यामा पोखराबाट पर्वत हुँदै मुस्ताङको मुक्तिनाथ जाने गरेकाले उनीहरू पर्वतमा पनि रमाउने वातावरण तयार गर्नुपर्ने मन्त्री बस्यालको भनाइ छ। पर्वत सदरमुकाम कुश्मा हुँदै दैनिक सयौँ पर्यटकहरु मुस्ताङ प्रवेश गरिरहेको अवस्थामा त्यसको फाइदा उठाउनको लागि जिल्लामा धार्मिक पर्यटनको विकास गर्नु पनि उत्तिकै आवश्यकता रहेको उनले बताए। त्यसका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेकोले आफू सहकार्यका लागि तयार रहेको बस्यालको भनाइ छ।

अर्को प्रसङ्गमा बोल्दै मन्त्री बस्यालले आफू गण्डकी प्रदेश सभाको सबैभन्दा ज्येष्ठ सदस्य रहेको नाताले पनि अबका दिन कसरी राम्रो गर्न सकिन्छ भन्नेमा नै केन्द्रित रहेको बताए।

आफ्नो व्यक्तिगत फाइदा र भ्रष्टाचारको लागि आफू प्रदेश सभामा नगएको भन्दै उनले नराम्रो काम गरेर जिल्लावासीको शिर झुकाउने काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी। पौडेलले उद्योगको विकासको लागि प्रदेश सरकारले केही सुधारका कामहरू गर्नुपर्ने आवश्यकता रहेको बताए। केही वर्षसम्म उद्योग तथा व्यवसाय नवीकरण गर्न नसकेका व्यवसायीहरूलाई नवीकरण गर्ने बेलामा १० औँ गुणासम्म जरिवाना तिराउनु र बन्द गर्न खोज्दा बन्द गर्न पनि नदिनु गलत भएको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP