Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

जनयुद्ध दिवस मनाउन रोक्ने अदालतविरुद्ध आवाज उठाउनूस् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउन अदालतले रोकेको विषयमा आवज उठाउनुपर्ने बताएका छन्।

सहिद प्रतिष्ठानको वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषद्को निर्णयलाई अदालतले मनाउन रोकेको विरुद्ध आवाज उठाउनुपर्ने बताएका हुन्।

‘जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस भन्नु विल्कुल ठीक हो नि। यति ठूलो युगान्तकारी परिवर्तन ल्याउने जनयुद्धलाई राष्ट्रिय दिवस भन्दा र त्यसलाई मनाउने औपचारिक निर्णय मन्त्रिपरिषदबाट गरेको विषयलाई अदालतले जसरी रोकेको छ त्यसविरुद्ध आवाज पो उठाउने हो।’ उनले भने, ‘सरकारले ठीक गर्‍यो भन्नुपर्ने ठाउँमा सरकारले यो पनि गरेन त्यो पनि गरेन भनेर प्रतिक्रयावादीलाई नै फाइदा पुर्‍याउने काम हामीले गर्नु हुँदैन।’

उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याइने भन्दै अब आफूहरूको ध्यान आयोग बनाउने र त्यसमा सही नेतृत्व ल्याउने कुरामा केन्द्रित हुने उनले बताए।

प्रचण्ड नेतृत्वको सरकारले गत फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP