Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कार्यपालिका बैठक नडाकेको भन्दै इटहरीका जनप्रतिनिधि उच्च अदालतमा

 

 

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले कार्यपालिका बैठक राख्न आलटाल गरेको भन्दै उपप्रमुखसहितका जनप्रतिनिधिले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।

कार्यपालिका बैठकको माग गर्दै उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् । सोमबार दर्ता भएको रिटमा कार्यपालिका बैठकका लागि परमादेशको माग गरिएको छ । रिटमाथिको सुनुवाइ आज हुनेछ ।

 

इटहरीको प्रमुख हेमकर्ण पौडेल नेपाली कांग्रेसका हुन् । कार्यपालिकामा उनी अल्पमतमा छन् । उपप्रमुखसहित कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । अल्पमतमा भएपनि प्रमुख पौडेलले एकलौटी रुपमा अघि बढिरहेको एमालेले आरोप लगाएको छ ।

यसअघि नगरको बजेट पनि उनले एकलौटी रुपमा ल्याए, सुरुमा एमालेका कार्यपालिका सदस्यले नगरसभा बहिस्कार गरेपनि एमालेका शीर्ष नेतालाई आग्रह गरेर बजेट पास गरेका थिए ।

 

बजेट कार्यान्वयन र अन्य विषयमा छलफल गर्नु पर्ने भन्दै एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बोलाउन लागि ३० भदौसम्मको अल्टिमेटम दिएका थिए । तर प्रमुख पौडेलले बैठक बोलाएनन् । बैठक नबोलाएपछि बहुमत सदस्यले अदालतमा निवेदन दिएका हुन् ।

कार्यपालिका बैठकका लागि परमादेश माग गर्दै रिट दायर गर्नेमा उपप्रमुख संगीताकुमारी चौधरी, वडाध्यक्षहरु इटहरी–२ माधव कोइराला, ३ का उमेश सुवेदी, ४ का भक्त लामा, ५ का भीष्म घिमिरे, ७ का देवनारायण चौधरी, ९ का जितेन्द्र थापा, १० का अध्यक्ष अवधेश चौधरी छन् ।

त्यस्तै ११ का केशवप्रसाद कोइराला, १२ का भुवनराज पोखरेल, १४ का रमेशप्रसाद चौधरी, १५ का जयनारायण चौधरी, १६ का तेजनारायण चौधरी, १७ का प्रभातकुमार आचार्य, १८ का रामकुमार चौधरी र १९ का अध्यक्ष श्रीनारायण चौधरीले पनि निवेदन दिएका छन् ।

कार्यपालिका सदस्य मनबहादुर विश्वकर्मा, भीमादेवी राई र भीमाकुमारी तुम्बाहाम्फेको नाम पनि निवेदकमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP