Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

तीनै तहका सरकारबीच समन्वय भए मात्रै जलवायु परिवर्तनको असर घटाउन सकिन्छ : मुख्यमन्त्री सिंह

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जलवायु परिवर्तनको असर घटाउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन्।

मंगलवार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकूलन राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। जलवायु अनुकूलनको क्लाइमेट डेभलपमेण्ट डायलग र प्रकृति रिसोर्स सेन्टरको आयोजनामा भएको कार्यक्रममा उनले जलवायु परिवर्तनका असर घटाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरे।

उनले तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलवायु परिवर्तनबाट नेपाललाई परेका असर घटाउन सकिने बताए। उनले संघले प्रदेश र स्थानीय तह र स्थानीय तहले प्रदेश र संघ सरकारलाई गाली गरेर समस्याको समाधान नहुने भन्दै सबै एकजुट भई समस्याको समाधानका लागि काम गर्नुपर्ने बताए। उनले प्रदेश र स्थानीय तहलाई बजेट कम दिइएको भन्दै असन्तुष्टि जनाए।

उनले काम धेरै गर्नुपर्ने तर बजेट सीमित हुने भएकाले संघ सरकारले बजेटको अनुपात बढाउनुपर्ने बताए। उनले स्थानीय तहले पनि संघ र प्रदेशका सांसदहरूसँग सम्बन्धित क्षेत्रमा योजना बनाउँदा समन्वय गरे जलवायु परिवर्तनको असर कम गर्ने गरी विकास गर्न सकिने बताए।

मुख्यमन्त्री सिंहले भने‚ ‘ग्लोबल वार्मिङको चपेटा नेपालमा परिरहेको छ। अब हामीले के गर्न सकिन्छ ? स्थानीय तहले प्रदेशलाई, प्रदेशले संघलाई र संघले स्थानीय तह र प्रदेशलाई गाली गरेर मात्रै हुँदैन। समन्वयकारी भूमिका हुनुपर्छ। अहिले ७५३ वटा स्थानीय पालिका छन्। सात प्रदेश छन्। जम्मा १५ प्रतिशत बजेटमा ७५३ पालिका र १५ प्रतिशत बजेटमा ७ प्रदेश छन्। बजेटको अनुपात हामीलाई पुगेको छैन। संघ सरकारबाट बजेट बढाउनुपर्छ। स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश तहका माननीयहरूसँग पनि समन्वय गरेर आवश्यकताका आधारमा समन्वयकारी भूमिका निभाउनुपर्छ। समन्वय नभए आवश्यकतानुसारको बजेट बन्दैन। समन्वयकारी भूमिकामा जान सके काम सहज हुन्छ।’

सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले मौसम फेरबदलका कारणले तराईमा जल पुनर्भरणमा समस्या आएको बताए। उनले तराईमा इनार, कल धारामा पानीहरू सुकेर नआएको बताए। उनले नसुकेका स्थानमा पनि हराउँदै गएको बताए।

उनले मधेश प्रदेशको जनकपुर, वीरगञ्जमा खानेपानीका इनार, कलहरू सुकेर ट्यांकबाट खानेपानी आपूर्ति गर्ने स्थिति आएको बताए। उनले तापक्रम वृद्धिका कारणले धेरै विद्यालयमा बालबालिकाहरूले गर्मी सहन नसकेर विद्यालय बन्द गर्नुपरेको र केही दिनयता पनि तीव्र गतिमा गर्मी बढिरहेको बताए।

सम्मेलनमा गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापहरूको प्रभावकारिता, स्थानीयस्तरमा अनुकूलन क्रियाकलापका लागि जलवायु वित्तको परिचालन, अनुकूलन क्रियाकलापलाई बढावा गर्न नीतिगत वातावरण निर्माण, स्थानीय अनुकूलन क्रियाकलापलाई विश्वव्यापी अनुकूलन लक्ष्यहरूसँग जोड्नुपर्ने लगायत विषयमा १५ जना विज्ञले आफ्नो प्रस्तुति गर्नेछन्।

दुईदिने राष्ट्रिय सम्मेलनको पहिलो दिन जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा स्थानीय स्तरमा भएका अनुकूलन कार्यक्रमको अवलोकन भ्रमण गरिएको छ। विशेषगरी चुरे वरपर देखिएको पानीको समस्या समाधानका लागि गरिएको अनुकूलताका प्रयासहरूको स्थलगत अध्ययन भ्रमण पनि गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP