हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशका मन्त्रीहरूलाई न्युनतम साझा कार्यक्रमभित्र रहेर काम गर्न निर्देशन दिएका छन्।
मंगलवार लामा नेतृत्वमा रहेका सबै मन्त्रीहरूलाई छलफलमा बोलाएर मन्त्री तामाङले यस्तो निर्देशन दिएका हुन्। जनताको हितमा हुने न्यूनतमा साझा कार्यक्रम हामीले ल्याएका छौँ,’ मुख्यमन्त्री लामाले भने, ‘त्यसकारण सबै मन्त्रीहरूलाई त्यसैमा टेकेर काम गर्न निर्देशन दिएका हौँ।’
आइतवार बागमती प्रदेश सरकारले ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनि गरेको थियो। ६७ बुँदे न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकता दिएका छन्। प्रदेश प्रहरी ऐन, अनुसन्धान ब्यूरो स्थापना, निजामती कर्मचारी ऐन र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ।
यस्तै प्रदेश सरकारले फजुल खर्च कटौती गरी आर्थिक अनुशासनलाई कडाइका साथ पालना गरिने, संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइनुका साथै तीन वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार दिने न्यूनतम साझा कार्यक्रममा समेटिएको छ।
मुख्यमन्त्री तामाङले चाडपर्वमा आइपर्ने समस्या समाधान गर्नसमेत सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निर्देशन दिएको जानकारी दिए। उनका अनुसार बिना विभागीय मन्त्री मधुकुमार श्रेष्ठलाई पनि जिम्मेवारी दिने विषयमा छलफल भएको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया