Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कान्तिपुरविरुद्ध रविको आक्रोश : लाइभको व्यवस्था गर्नु, उत्तर दिन आउँछु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुरविरुद्ध रोष प्रकट गरेका छन्। सहकारीको बचत अपचलन प्रकरणमा पक्राउ परेका छविलाल जोशीको बयानको समाचार कान्तिपुरले छापेकोमा रविले त्यसको खण्डन गरेका हुन्।

कान्तिपुरले पटक-पटक गलत लेख्ने र माफी माग्ने गरेको भन्दै अहिले पुन: अर्को झुट समाचार लेखेको लामिछानेको दाबी छ। उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिजो राति दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापी पनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसी सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रूपमा सार्वजनिक छन्। कान्तिपुरको नियतबारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने , फेरि माफी माग्ने। मलाई कसरी फसाउन सकिन्छ भनेर रचिँदै गरेको षड्यन्त्रबारे कान्तिपुरले आज Question Out गरेछ, सूचना चुहाएर हाम्रो आशंकालाई सही सावित गराएछ।’

आफूलाई सकाउन कान्तिपुरले पूरै शक्ति र सम्पति लगाएको लामिछानेको दाबी छ। उनले कान्तिपुरलाई प्रत्यक्ष बहसका लागि चुनौती पनि दिएका छन्। उनले भनेका छन्, ‘कान्तिपुरसँग कुरा गर्न आउँछु। आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नु। सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा LIVE गर्ने व्यवस्था गर्नु। परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस्। यो अत्याचारविरुद्ध म लड्छु। यदि यसो होइन भने, सरकारले तुरुन्तै आज कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गरोस् र भ्रम छर्ने कान्तिपुरलाई तुरुन्तै कारबाहीको दायरामा ल्याओस्। अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन।’

लामिछानेकाे स्टाटस:–

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP