Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

विपद् व्यवस्थापनमा ललितपुर महानगरलाई ‘नम्बर वान’ बनाउछौँ : मेयर महर्जन

काठमाडौं : ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताएका छन्। बुधबार ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरु पुर्‍याईसक्ने गरी योजना तय गरिएको पनि बताए।

हाम्रो उद्देश्य भनेको नेपालमा रहेको २९३ वटा नगरपालिकाहरुमध्ये विपद्मा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उनको भनाइ थियो।

मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु राम्रोसँग अघि बढाएको दाबीसमेत गरे। उनले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सवस्टेशनहरु बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्ष भित्रैबाट सुरु गर्नेसमेत जानकारी दिए।

मेयर महर्जनले भने, ‘हाम्रो उद्देश्य भनेको नेपालमा २९३ वटा नगरपालिकाहरु छन् भने ती सबै नगरपालिकाहरुमध्ये विपद्मा हामी ललितपुर महानगरपालिका नम्बर वान हुन चाहन्छौँ। यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने काम कुराहरु एकदमै राम्रोसँग अगाडि बढिरहेको छ। हालसालै हामीले एउटा अध्ययन पनि गराएका छौँ कि ललितपुर नगर क्षेत्रमा कुनैपनि ठाउँमा विपद् हुँदाखेरी ४ मिनेट भित्रमा हाम्रो विपदका अवयवहरु दमकल, एम्बुलेन्स लगायतका सामग्रीहरुको त्यो ठाउँमा पुग्नुपर्छ भन्ने किसिमको अध्ययन गरिएको छ।’

मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP