Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

राष्ट्रिय एकताका लागि खेल र संस्कृति महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौँ : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताका लागि खेल र संस्कृतिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

बुधवार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ.एम. सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र संस्कृतिलाई विशेष ध्यान दिइरहेको बताए।

उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवर्धन हुने बताए। खेल समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्त्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे। उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता प्रवर्धन गर्ने बताए।

प्रचण्डले भने‚ ‘राजनीति र विकास निर्माण क्षेत्र बाहेक दुईवटामा मेरो विशेष ध्यान छ। खेलकुदको माध्यमबाट राष्ट्रिय एकता प्रवर्धन गर्ने, देशको विकास र समृद्धिको एउटा नयाँ यात्रा शुरु गर्ने, समाजमा अनुशासन र मर्यादा कायम गर्ने एउटा विधितिर समाजलाई लैजाने महत्त्वपूर्ण रणनीतिक क्षेत्र खेल क्षेत्र हो। अर्को संस्कृति हो। संस्कृति सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँध्ने र राष्ट्रिय एकता प्रवर्धन गर्ने क्षेत्र हो।’

उनले नेपालले अन्ताराष्ट्रिय खेल प्रतियोगिताहरूमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यो वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताए। उनले चेस प्रतियोगिता पनि बिस्तारै देशको खेल क्षेत्रमा महत्त्वपूर्ण प्रतियोगिताको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP