Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा हो : मन्त्री भण्डारी

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातीय समुदाय तथा सांस्कृतिक विविधता रहेको बताएका छन्।

नेपाली संस्कृति संरक्षण तथा प्रवर्धनका लागि ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर आयोजित तीनदिने कार्यक्रम ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्सपो’ को उद्घाटन कार्यक्रममा उनले सांस्कृतिक विविधता झल्काउने नेपालको परम्परागत वेषभूषा तथा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्त्व रहेको बताए।

‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ हुने यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र आयोजना हुनु गर्वको विषय भएको मन्त्री भण्डारीको भनाइ थियो।

‘ढाका टोपीदेखि गुन्युचोलो, हाकुपटासीदेखि बख्खु जस्ता अन्य पहिरन र तिनलाई मिल्ने गरगहनाको विषेश महत्त्व पनि उत्तिकै छ, एकातर्फ आजको विश्वव्यापीकरणका कारण पूरै विश्व एउटै छानामुनि अवस्थित छ। अर्कोतर्फ नेपालको सन्दर्भमा हाम्रा सांस्कृतिक पहिरनका पहिचान धमिलिदै गएको पनि भान भइरहेको छ’, उनले भने।

यिनको महत्त्व आजका पिढीमाझ अन्ताराष्ट्रियस्तरमै प्रवर्धन गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ। मन्त्री भण्डारीले भने, ‘हाम्रा सांस्कृतिक पहिरन एवं गरगहना मात्र सुन्दर सामान नभएर एक समृद्ध सांस्कृतिक सम्पदाका जीवित अवतारका रूपमा रहेका छन्। यिनको संरक्षण र प्रवर्धन गर्नु हाम्रो कर्तव्य हो। यस प्रकारको कार्यक्रमबाट पुर्खाहरूको विरासतलाई सम्मान पुग्नुका साथै आगामी पुस्ताका लागिसमेत जीवन्त सांस्कृतिक विरासत सुनिश्चित गर्न सकिन्छ।’

यो कार्यक्रमले परम्परागत कालीगढ तथा पहिरन बनाउने सीप प्रवर्धन, युवा पुस्तामा सांस्कृतिक पहिचान र समृद्धिबारे अवगत तथा महत्त्वबोध, परम्परागत पेशालाई व्यवसायीकरण गर्न प्रेरणाका साथै स्थानीय व्यापारको प्रवर्धन, नेपालको मौलिकतालाई विदेशी नागरिक माझ पहिचान गराउँदै विश्वसामु नेपालको विविधता पहिचानमा थप टेवा पुग्ने मन्त्री भण्डारीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP